पर्यटकीय क्षेत्र सुरईकोटमा निर्माणाधिन संरचनाको नगरप्रमुख बोहराद्धारा अनुगमन

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले पर्यटकिय क्षेत्र सुरईकोटमा निर्मााणाधिन संरचनाको अनुगमन गर्नुभएको छ ।
नगरप्रमुख सहितको टोलिले सुरईकोटमा निर्माण भईरहेको षोडशादेवी मन्दिरको अनुगमन गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट प्राप्त २५ लाखको लागतमा नगरपालिका मार्फत निर्माण भईरहेको मन्दिर र सडकको अनुगमन पश्चात नगरप्रमुख बोहराले तोकिएको तोकिएको स्टमेट अनुसार गुणस्तरीय कार्य गर्न आग्रह गर्नुभयो ।
सुरईकोटमा पर्यटन पूर्वाधार निर्माण गरेर नमूना पर्यटकिय क्षेत्रको रुपमा अगाडी बढाईने उहाँको भनाई छ । लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै सुरक्षस्त रहेर विकास निर्माणका कार्य गर्न नगरप्रमुख बोहरले आग्रह गर्नुभयो ।
अनुगमनमा नगरपालिकाका ईञ्जिनियर खम्म केसी, सव–ईञ्जिनियर सुरेश पाल, एमआईएस अपरेटर होम साउद र उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : पर्यटन, मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस