Techie IT

मौसम अनुकूल भएपछि आरोहीहरु सगरमाथाको शिखरमा पुगे


मौसममा सुधार आएसँगै आज सगरमाथा आरोहण भएको छ । यास चक्रवातको प्रभावले मौसम प्रतिकूल बन्दा अघिल्लो सोमवारदेखि आरोहण रोकिएको थियो ।

आज बिहान आरोहीहरु शिखरमा पुगेका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो । आरोही निर्मल पुर्जासहित आफूहरुको १५ सदस्यीय टोली बिहान शिखरमा पुगेको शेर्पाले जानकारी दिनुभयो । यस्तै अरु समूहका आरोहीहरु पनि शिखरमा पुगेका उहाँले बताउनुभयो ।

आफूहरु सगरमाथाको सफल आरोहणपछि ल्होत्से हिमाल आरोहणको तयारीमा लागेको उहाँले बताउनुभयो । ल्होत्से हिमाल आरोहण पनि सगरमाथाको चौथो शिविरबाट नै गरिन्छ ।

यस वर्ष गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको हो । वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए ।

त्यसपछि मौसम खराब भएर रोकिएको जेठ नौ गते एकैदिन डेढ सय बढी आरोही शिखरमा पुगेका थिए । १० गते पनि केही आरोहण भएकोमा त्यसपछि पूरै रोकिएको थियो । आज बिहान फेरि आरोहण भएको हो । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।


क्याटेगोरी : पर्यटन, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!