लयाँटीमा विकासे योजनामा उपभोक्ता समितीको मनपरि

कार्यकर्ता संरक्षण हुने गरि योजना ल्याईएको स्थानियको आरोप ।।

दिनेश केशी, अछाम

बिकासे योजनामा उपभोक्त समितीको मनपरि बढेको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटी का वडा अध्यक्ष कुल बहादुर बुढाले बताउनु भएको छ ।

नगरपालिकाको वडा नम्वर ५ लयाँटीमा वडा कार्यलय देखि साविको वडा नम्बर ५ दुनि टोल हुँदै दोगाडे सडक खन्डमा निर्माण उपभोक्ता समितीले मन परि गरेको र आर्थीक बर्ष सकिनै लाग्दा नगरपालिकामा सम्झौता नै नगरी काम सन्चालन गरेको अध्यक्ष बुढाले बताउनु भएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिका बाट वडा नम्वर ५ लयाँटीको वडा कार्यलय देखि दोगाडे सडक खन्ड निर्माणका लागी १५ लाख वजेट विनियोजन गरेको थियो । योजना कार्यान्वयन गर्न बनेको उपभोक्ता समितीले बर्षौ देखि भोगचलन गर्दै आएको स्थानियको जग्गाधनीसँग सहकार्य नगरेरै डोजर चलाएको छ ।

स्थानियको ईच्छा विपरित,कसै सँग सम्झौता नै नगरि काम गरेको स्थानियले बताएका छन । निर्माण कार्य जारी रहेको उक्त सडक निर्माण कार्यमा स्थानियको अवरोध गरेपछि हाल निर्माण कार्य ठप्प रहेकोे छ ।

असार मसान्त सकिन लाग्दै उपभोक्ता समितीलाई काम सम्पन्न गर्न हतारो भएको स्थानियको आरोप रहेको छ । जग्गाधनीलाई जानकारी नगराई यसरी डोजर चलाएर आफ्ना कार्यक्रता संरक्षण गर्ने काम भईरहदा समेत सरोकारवाला निकायले ध्यान नदिएको स्थानिय टंक शाहीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker