पश्चिम नेपालमा भुकम्पको जोखिमबारे के भन्छन त भुगर्भविद : कुराकानि सहीत

बिहीबार २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस अछाम सहित देशभर बिभीन्न कार्यक्रम गरी मनाईएको छ ।

विसं १९९० सालको भूकम्पको सम्झना तथा भूकम्पबाट हुने क्षति कम गर्नेबारे चेतना जगाउने उद्देश्यले माघ २ गते यो दिवस मनाउने गरिन्छ । विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

दिवसका लागि यसपटकको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ तय गरिएको थियोे ।

यसैबिच नेपालमा अहिले पनि भुकम्पको जोखिम उच्च रहेको भुकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले बताउनु भएको छ ।

रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानि गर्दै बस्नेतले नेपाल भुकम्प जोखिमको हिसाबले ११ औँ जोखिमपूर्ण देशमा पर्ने उल्लेख गर्नुभएको हो ।

पश्चिम नेपालमा भुकम्पको जोखिम बढी छ भन्ने कुरा निरर्थक भएको बस्नेतले बतोनुभयो । बिगत लामो समयसदेखी नेपालको पश्चिमी भुभागमा भुकम्प नगएकाले बिभीन्न अडकलबाजि गर्ने गरिएपनि अबको भुकम्प पश्चिममै जान्छ भन्ने कुरा गलत हुने उहाँले बताउनुभयो ।

भौतिक संरचना निर्माण गर्दा भवन आचारसंहिता २०७२ अनुसार मात्रै निर्माण गरिदिनहुन समेत बस्नेतले आग्रह गर्नुभयो । यसैबिच हामीले नेपालमा भुकम्पको जोखिमका बिषयमा भुकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतसंग कुराकानि गरेका छौँ ।

कुराकानिको शुरुमा उहाँलाई हामीले अहिले नेपालमा भुकम्पको जोखिम के कत्तिको छ भनेर सोधेका छौँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker