बान्निगढी ६ दर्ना साक्षर वडा घोषणा

बान्नीगढि जयगढ गाउपालिका वडा न ६ दर्ना आज एक कार्यक्रमका बिच साक्षर वडा घोषणा गरिएको छ ।

वडा अध्यक्ष कृष्ण कडायतको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अथिती बान्नीगढि जयगढ गाउपालिका अध्यक्ष राजेन्द्र खडका रहनु भएको थियो । प्रमुख अथितिको आसन बाट बोल्दै अध्यक्ष खड्काले राज्यले लिएको उदेस्य पूरा गर्न र देश बिकासका लागी सबै साक्षर बन्नुपर्नेमा जोड दिनुभएको छ । छोरा छोरी माथी गरिने विभेदको अन्त्य गर्नुपर्ने अध्यक्ष खड्काले बताउनुभयो ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य कमल तिमिल्सिना र नेपाली कांग्रेस अछामका पुर्ब पाटी सचिब टेक बहादुर साउद बिशिष्ट अथिति रहनु भएको थियो भने वडा न ५ का अध्यक्ष लाल कामी नेकपाका वडा कमिटी अध्यक्ष चक्र साह, नेपाली काङ्ग्रेसका वडा सभापती दिपक शाह लगायतका अथिति रहनु भएको थियो । वडा सदस्य टंक साउद को स्वागत मन्त्ब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन टेकराज बि.क र गोकुल ठकुल्लाले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker