हेलीकप्टर सहित स्वास्थ्यकर्मीको टोली अछाम आईपुग्यो (भिडियो सहित)

कोरोना जाँचका लागी नमुना स्वाव सँकलन गर्न स्वास्थ्यकर्मी सहितको टोली अछाम आईपुगेको छ ।

केहि बेर अगाढी हेलीकप्टर मार्फत स्वास्थ्यकर्मीको टाली अछाम आईपुगेको हो ।

नेपाली सेनाको हेलीकप्टर सहित आएको स्वास्थ्यकर्मीको टोली बयालपाटा अस्पतालमा केहिबेर अगाढी अवतरण भएको छ ।

बयालपाटा अस्पतालमा हालसालै भारतबाट भित्रिएका नागरीहरुमध्य कोरोना सँक्रमणको आशँका गरिएकाहरुको नमुना स्वाव सँकलन गर्ने कार्य अगाढी बढाईएको बयालपाटा अस्पतालमा रहनु भएका पत्रकार तपेन्द्र कुँवरले जानकारी दिनुभयो ।

अछाम क्षेत्र नम्बर १ मा रहेको स्थानीय गाउँपालिका तथा नगरपालिकामा कोरोनाको सम्भावीत संक्रमितको रुपमा हेरीएकाहरु मध्य करिव ५० जनाको नमुना स्वाव सँकलन गरिने बताईएको छ ।

बयालपाटा अस्पतालमा हालसालै भारतबाट भित्रिएका तथा कोरोनाको सम्भावित संक्रमितका रुपमा आशँका गरि स्थानीय तहबाट सिफारिस गरिएकाहरु जम्मा भईसकेका छन ।

अस्पतालमा नमुना संकलनका लागी पुगेकामा अधिकाँस पुरुषहरु रहेको र केहि महिला तथा बालवालिका रहेको बताईएको छ ।

बयालापाटा अस्पतालमा नमुना सँकलन गरिसके पश्चा हेलीकप्टर सहितको टोली मंगलसेनमा जानेछ र मंगलसेनबाट नमुना संकलन गरि सोहि टोली कमलवजार जानेछ ।

जिल्लाका ३ वटै स्थानबाट नमुना स्वाव संकलन गरि उक्त टोली आजै काठमाण्डौ फर्किने छ ।

संकलन गरिएका नुमना स्वावको रिपोर्ट ३ दिन भित्र आईसक्ने बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले अपेक्षा गर्नु भएको छ ।

आईतवार रेडियो बान्नीगढीसंग कुराकानी गर्दै राष्टिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टि अछामका अध्यक्ष शेर बहादुर कुँवरले मँगलवारसम्म अछाममा कोरोना जाँचका लागी नमुना सँकलन गर्न हेलीकप्टर सहित टोली परिचालन गरिने उल्लेख गर्नु भएको थियो ।

भिडियो सहित

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker