बयालपाटा अस्पताल घटनामा न्याय हेल्थ नेपालका पदाधिकारी दोषी :- माननिय कुँवर(कुराकानी सहित )

नेपाल कम्युनिष्ट पार्टि नेकपा अछामका अध्यक्ष तथा राष्ट्यि सभा सदस्य शेर बहादुर कुँवरले बयालपाटा अस्पताल घटना हुनुमा न्याय हेल्थ नेपालका पदाधिकारी मुख्य दोषी रहेको बताउनु भएको छ ।

बयालपाटा अस्पतालको जागीरबाट निकालिएपछि साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिध्दार्थ आउजी पेटेल छर्किएर देह त्याग गर्न बाध्य हुनुमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्था र संस्थाका पदाधिकारी मुख्य दोषी रहेको उहाले बताउनु भएको हो ।

बयालपटा अस्पतालको दिगोपनाका लागी आफुहरु सधै सकारात्मक रहेपनि न्याय हेल्थ नेपालका पदाधीकारीले अछामका सरोकारवालासंगै कुनै सम्पर्क समन्वय नगर्ने र सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआई मनपरि गर्ने गरेका कारण यस्तो समस्या सिर्जना भएको उहाले उल्लेख गर्नुभयो ।

आर्थिक अभावका कारण कर्मचारी हटाउनु परेको दावी गर्दै आएको न्याय हेल्थ नेपालले कर्मचारि हटाउन लागीएकोबारे आफुहरुसंग कुनै पनि समन्वय सहकार्य नगरेको नेता कुँवरले बताउनु भएको छ ।

अस्पताल संचालनका लागी संस्थालाई आर्थिक अभाव भएसंगै आफुहरु गम्भिर बनेर आर्थिक व्यवस्थापनका लागी पहल गर्दै गर्दा संस्थाले एकाएक कर्मचारी निकाल्नु र युवकले दहत्याग गर्नु दुःखपुर्ण रहेको उहाँले बताउनुभयो ।

काठमाडौमा बस्ने न्यायहेल्थका पदाधिकारिले अनावश्यक दवाब दिएर यस्तो बन्दा बन्दिको बेला कर्मचारी हटाउने निर्णयको उपज सिद्धार्थले आत्मदाह गर्न बाध्य हुनु परेको कुँवरको भनाइ छ ।

अस्पतालको जागीर गुमाएकै कारण आत्मदाह गरेका आउजीको परिवारलाई उचित राहात दिनुपर्ने र घटनाका दोषीमाथी छानविन गरि आवश्यक कार्वाहि गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

संस्थाले गरेको अपरिपक्क निर्णयका कारण यस्तो परिस्थिति सिर्जना भएकाले संस्थाका पदाधीकारी माथी छानविन गरि कार्वाहि गर्न नेकपा अछामले आवश्यक सहयोग गर्ने समेत नेकपा अछामका अध्यक्ष तथा राष्ट्यि सभा सदस्य कुँवरले उद्धघोष गर्नुभयो ।

न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाको निर्देशन र निणय अनुसार कर्मचारीलाई जागीरबाट निकालिएको बताउदै साँसद कुँवँरले यस बिषयमा अस्तपालमा कार्यरत चिकित्सकलाई जोडर बिभिन्न टिका टिप्पणी गर्नु र व्यक्तिगत रुपमा आरोप लगाउनु उचित नहुने बताउनु भएको छ ।

यस घटनाका बिषयमा आवश्यक सत्यतथ्य अनुसन्धान गरी आवश्यक कार्वाहि गर्नुपर्नेमा जोड दिदै उहाँले अस्पतालको दिगो व्यवस्थापनका लागी पनि सवै सचेत बन्नुपर्ने उल्लेख गर्नु भएको छ ।

नेकपा अछामका अध्यक्ष तथा राष्ट्यि सभा सदस्य शेर बहादुर कुँवरसंगको कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker