कोरोना चुनौतीसंगै नागरिकको सेवा गर्ने मौका हो : वडा अध्यक्ष साउँद ( कुराकानी सहित )

बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर २ जनालीकोटका वडा अध्यक्ष नेत्र साउँदले बिश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस चुनौतीसंगै आफुलाई जनताको सेवा गर्ने मौकाका रुपमा रहेको बताउनु भएको छ ।

कोरोना संक्रमण फैलिन नदिन लकडाउन जारि रहेका बेला यसलाई चुनौतीसंगै आफ्ना नागरिकको सेवा गर्ने मौकाका रुपमा आफुले लिएको उहाँले बताउनु भएको छ ।

भारतबाट गाउँ फर्किएका नागरिकहरुलाई क्वारेन्टाईनमा व्यवस्थापन गर्न निकै चुनौती रहेपनि यसलाई नागरिकको सेवा गर्ने मौकाका रुपमा ग्रहण गरि दिनरात क्वारेन्टाईन व्यवस्थापन र कोरोना रोकथाममा सक्रिय भई लागी परेका वडा अध्यक्ष साउँदले बताउनुभयो ।

लकडाउनका कारण रोजगारी गुमेपछि भारतमा रहेका नागरिकहरु यतिबेला गाउँ फर्किरहेका छन । बान्नीगढि जयगढ गाउँपालिकाको वडा नम्वर २ भौगोलिक हिसावले ठुलो क्षेत्र भएको वडा भएपनि वडामा माद्यामिक बिद्यालय नभएका कारण भारतबाट आएका नागरिकलाई क्वारेन्टाईनमा व्यवस्थापन गर्न निकै चुनौती रहेको छ ।

यसै बिच वडामा भवन अभावका कारण जनालीकोटका २ दर्जन बढि नागरिकलाई जयगढमा रहेको निजि बिद्यालयमा व्यवस्थापन गरिएको वडा अध्यक्ष साउँदले जानकारी दिनु भयो ।

वडामा भवन अभावसंगै खानेपानीको अभाव रहदा क्वारेन्टाईन व्यवस्थापनमा समस्या भईरहेको उहाको भनाइ छ ।

क्वारेन्टाईनमा रहेका नागरिकहरु पिउने पानीको समेत अभाव हुदा कहिले रातारात मोटरसाईकलमा त कहिले ट्र्याक्टर मार्फत खानेपानीको व्यवस्थापन गर्ने गरिएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण फैलिन नदिन स्थानीय सरकारको आग्रहलाई पालना गरि क्वारेन्टाईनमा बसिरहेका सवैमा उहाँले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker