प्रदेश सांसद थापा मोटरसाईकल दुर्घटनामा गम्भिर घाईते , उपचारका लागी काठमाण्डौ लैजाने तयारी

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर घाइते भएकी छन्। धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाईते भएकी हुन्।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको छ। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी छ।

उनको टाउकोमा गहिरो चोट लागेको छ। प्रदेशसभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker