मेल्लेखमा ग्रामीण उद्योगको भवन शिलान्यास : स्थानीय उत्पादनले बजार पाउने अपेक्षा

अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा ग्रामिण उद्योगको शिलान्यास गरिएको छ ।

नागरिकहरुले उत्पादन गरेका सामग्रीहरुलाई गाउँपालिकाले खरिद गरेर निर्यात गर्ने लक्ष्यका साथ केहि भवनहरु निर्माणाधीन रहेको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनुभयो ।

पालिका भित्र नागरिकहरुले उत्पादन गरेका कोदो, टिमुर, तेज पत्ता लगाएत सामग्रीहरुलाई गाउँपालिकाले खान योग्य बनाएर पालिकाको लोगो सहित निर्यात गरिने पनि अध्यक्ष बोहराले बताउनुभयो ।

पालिकाका प्रत्येक वडामा संकलन केन्द्र रहने छन् । पालिकामा निर्माण हुने उद्योगबाट दर्जनौ नागरिकहरुले रोजगार पाउने गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।

यसैविच आज हामिले गाउँपालिकामा शिलान्यास गरिएको ग्रामिण उद्योगका बारेमा गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरासंग कुराकानी गरेका छौँ ।

सुनौ यो कुराकानी…..

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker