कोरोना कहरपछि रामारोशनमा आन्तरिक पर्यटक बढ्न थाले (रिपोर्ट सहित)

१ महिनाको अवधिमा र्याप्टीङबाट मात्रै ३० हजार बढी राजस्व संकलन

अछामको रामारोशनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।

कोरोना महामारीका कारण ८ महिनादेखि सुनसान रामारोशनमा आन्तरिक चहलपहल बढ्न थालेको हो ।

अछाममा अहिले कोरोना पछि जनजीवन सामान्य भयसँगै जिल्लाका विभिन्न स्थानबाट रामारोशन आउन थालेका छन् । रामारोशन गाउँपालिकाले पुस १ गतेदेखि ¥याप्टीङ संचालन गरेको थियो ।

१ महिनाको अबधिमा मात्रै रामारोशनमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट ३० हजार २ सय १० रुपया राजस्व संकलन भएको रामारोशन पर्यटन अधिकारी सर्जन रोकायाले जानकारी दिनुभयो । बिषेश गरि अहिले रामरोशन पर्यटन क्षेत्रको अवलोकन गर्न आईतबार, शुक्रबार र शनिबार धेरे जसो मानिसहरु आउने गरेका छन् ।


अछामा कोरोना कहर नहुँदा रामारोशनमा दैनिक २ सय देखी ३ सय सम्म मानिसहरू घुम्न आउँने गरेका थिए ।

गत चैत देखी लकडाउन हुँदा सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्य रामारोशन पनि सुन सान थियो तर एक महिनायता ६ महिनासम्म सुनसान बनेको रामारोशनमा दैनिक ५० देखि ६० जनासम्म पर्यटक आउन थालेका छन् ।

सरकारले घोषणा गरेको १०० गन्तव्यमा पर्न सफल भएको रामारोशनमा पर्यटकले होटेलमा पनि चहलपहल बढ्न थालेको छ ।

रामारोशन घुम्न आएका आन्तरिक पर्यटक डुङ्गा चढेर रमाउने गरेको पर्यटन व्यवसायीहरू बत्ताउँछन् ।

कैलाश खोलाको मुहान रहेको रामारोशनमा प्रशस्तै गुफा र झरना मुख्य गरि किनिमिनी, रामे र रोशन क्षेत्रको अवलोकन गर्न अहिले प्रर्यटकहरु आउने गरेको रामारोशन पर्यटन क्षेत्र विकास अभियानमा सक्रिय रुपमा लाग्नुभएका पुष्प विष्टले बताउनुभयो ।

पछिल्लो पटक पर्यटक बढ्न थालेपछि आम्दानी पनि बढ्न थालेको र रामारोशन पर्यटन क्षेत्र विकासका लागि थप गुरु योजना बनाउने काम भैरहेको रामारोशन पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिको अध्यक्ष चक्र रावलले बताउनुभयो ।

उहाँले पर्यटकहरूलाई भित्र्याउनका लागी पर्यटकीय मार्ग निर्माण,सडक बिस्तार, प्रचार प्रसार, होटेल तथा होम स्टे व्यवस्थापनमा जोड दिइने बताउनुभयो ।

धर्म,सस्कृती र स्थानीय परिकारलाई पनि पर्यटनसंग जोड्दै स्थानीय युवा तथा सर्वसाधारणलाई स्वरोजगार बनाउनका लागि अहिले सवै सरोकारवालहरु लागि परेका छन् ।

एकेन्द्र खत्रीको रिपोर्ट

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker