अछाम बहुमुखी क्याम्पसद्धरा कक्षा ११ को नतिजा प्रकाशित (नामावली सहित)

अछाम बहुमुखी क्याम्पसले कक्षा ११ को परीक्षाफल आज प्रकाशित गरेको छ ।
गएको मंसिर महिनामा सञ्चालन गरिएको परीक्षा क्याम्पसले आधुनिक आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षाफल प्रकाशित गरेको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले जानकारी दिनुभयो । क्याम्पसले सबै विद्यार्थीको परीक्षाफल जिपिएमा प्रकाशित गरेको छ ।
क्याम्पसको फेसबुक पेज र क्याम्पसको सूचना बोर्डमा नामावलीसहित परीक्षाफल राखिएको छ । मार्कसिट क्याम्पसले आइतबारबाट नै उपलब्ध गराउने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
उक्त परीक्षामा अछाम बहुमुखी क्याम्पसमा अध्ययनरत एकसय भन्दा बढी परीक्षार्थी सहभागी रहेका थिए ।
नामावली हेर्नुहोस् ।