दोस्रो प्राथमित्ताका नागरिकहरुलाइ कोरोनाविरुद्धको खोप लगाउन सुरु
आज कमलबजार र बयालपाटाबाट पनि खोप दिइने

अछाममा कोरोना भाइरस ( कोभिड १९ ) विरुद्धको पहिलो चरणको दोस्रो प्राथमिकता रहेका नागरिकहरूका लागी खोप अभियान सञ्चालन गरिएको छ । जस अन्तर्गत आइतबार जिल्ला स्वास्थ्य कार्यालयमा रहेको खोप केन्द्रबाट ७० जनालाई खोप लगाइएको छ ।
आइतबार १२ जना जनप्रतिनिधि, ४२ जना निजामती सेवाका कर्मचारी र १३ जना सुरक्षाकर्मीलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाले जानकारी दिनुभयो ।
यस अघि फागुन दुई गते जिल्लाका तिन स्थान जिल्ला अस्पताल अछाम, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार र बयालपाटा अस्पतालबाट खोप सेवा सञ्चालन गरिने भनिए पनि भ्याक्सिन हिजो राति अबेर मात्र पुगेकाले आइतबार जिल्ला स्वास्थ्य कार्यालयमा मात्र खोप लगाइएको उहाँले उल्लेख गर्नुभयो ।
आज बाट भने कमलबजार र बयालपाटाबाट पनि खोप सेवा सञ्चालन गरिने ढुङ्गानाले बताउनुभयो ।