गोप्य कोठामा बान्नीगढीको सार्वजनिक सुनुवाइ : राजनितिक दलद्धारा संयुत्त बिज्ञप्ती

बान्नीगढी जयगढ गाउँपालिकाको सार्वजनिक सुनुवाई गोप्य कोठामा गरिएको बिषयमा गाउँपालिकाका नागरिक तथा स्थानीय आक्रोशित भएका छन् ।

आर्थिक वर्ष २०७६।७७ को वार्षिक नीति तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाको गोप्य हलमा गरिएको प्रति आपत्ति जनाउँदै तिन वटा दलले संयुक्त विज्ञप्ति निकालेका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा विज्ञप्ति निकालेका हुन् ।

गाउँपालिका भित्र भएका तथा हुने गरेका भ्रष्टाचार,अनियमितता तथा जनप्रतिनिधिको मन परिका विरुद्ध जनताले गुनासो गर्ने डरले गोप्य कोठामा सार्वजनिक सुनुवाइ गरिएको भन्दै ३ वटै दलले आपत्ति जनाएका छन् ।

स्थानीय नागरिक तथा राजनीतिक दलको बेवास्था गर्दै गरी गोप्य रुपमा सार्वजनिक सुनुवाइ गर्दैमा जनताको मुख बन्द गर्न सकिन्छ भन्ने भ्रममा पर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

साथै विज्ञप्ति मार्फत जनतालाई साँची राखी पुनः सार्वजनिक सुनुवाइ आयोजना गर्ने हिम्मत राख्न पनि आग्रह गरिएको छ ।

नेकपा एमाले राम साउँद नेपाली काँग्रेसका सुरत रावल र नेकपा माओवादी केन्द्रका नरेन्द्र साउँदद्धारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिकाका विकृति विसङ्गति र जनप्रतिनिधिको मनोमानीका विरुद्ध तिन वटै राजनीतिक दल जनताको पक्षमा उभिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

थप समाचार

कुकृति ढाकछोप गर्न बन्द कोठामा सार्बजनिक सुनाईको नाटक गरियो : नेबिसंघ नेता साँउद

बान्नीगढीको गोप्य सार्वजनिक सुनुवाइ : गोवरको गाई बनाउँदा समस्या भयो काँग्रेस नेता रावल

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker