पुर्वाग्राहि ढँगबाट निजि पसलमा ताला लगाउनु गलत : समाजसेवी खत्रि ( भिडियो )

धनराज साउँद
कमशल मदिराका बिषयमा जनप्रतिनिधि बिच मतभेद देखीनु दुर्भाग्यपुर्ण भएको समाजीक अगुवा तिलक खत्रिले बताउनु भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकामा कमशल मदिरा व्यवस्थापन गर्ने बारे देखिएको मतभेदका बिषयमा रेडियो बान्नीगढीको बान्नीगढी अन्लाईन टिभिसँग कुरा गर्दै समाजीक अगुवा खत्रिले यस्तो बताउनु भएको हो ।
पुर्व जिल्ला बिकास समिति अछामका सदस्य समेत रहनु भएका खत्रिले बान्नीगढी जयगढ गाउँकार्यपालिका बैठकले गरेको अपरिपक्क निर्णयका कारण समस्या सिर्जना भएको उल्लेख गर्नुभयो ।
बैशाख २६ गते सम्पन्न बान्नीगढी जयगढ गाउँकार्यपालिका बैठकले कमशल तथा गुणस्तरहिन मदिरा सँगै अवैध घरेलु मदिरा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
कमशल मदिरा व्यवस्थापनको निर्णय भए पनि कुन कुन मदिरालाई कमशल मदिरा मान्ने भन्नेबारे नखुलाउदा समस्या सिर्जना हुन गएको खत्रिको भनाई छ ।
गाउँपालिकाले कमशल मदिरा व्यवस्थापन गर्ने निर्णय गरेपनि व्यापारी तथा बिक्रेता,बजारवासि,आम नागरीकसँग छलफल गरि व्यवस्थापनका लागी समय सिमा दिनुपर्नेमा उहाले जोड दिनुभयो ।
कुनै पनि व्यक्तिलाई हानी नोक्सानी गर्ने उद्धेश्यका साथ पुर्वाग्राहि ढँगबाट बर्दादेवी सप्लायर्समा ताला लगाईनु कानुन विपरित कार्य भएको खत्रिले बताउनु भएको छ ।
मदिरा निषेध गर्ने प्रस्तावमा आफु पनि सहमत रहेको बताउदै उहाले सवै प्रक्रिया पुरा गरेर मात्रै मदिरा निषेधको निर्णय गर्नु पर्ने र कार्यान्वयनको चरण सुरु गर्नुपर्नेमा जोड दिनुभयो । नागरीक समाजका नाममा पुर्वाग्राहि ढँगबाट निजि पसलमा ताला लगाउनु गलत भएको खत्रिको ठहर छ ।
गाउँपालिकाका तर्फबाट यस बिषयमा सार्वजनिक रुपमा छलफल आयोजना गरि समस्याको समाधान गर्न समेत खत्रिले सुझाव दिनु भएको छ ।
भिडियो कुराकानी …….
क्याटेगोरी : Videos, अन्तरर्वार्ता, प्रदेश, मुख्य समाचार, विशेष, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस