Techie IT

कलाकार नारान नेपालीको ‘नचिनेको मान्छे’ सार्वजनिक (भिडियो सहित)


कलाकार नारान नेपालीको ‘नचिनेको मान्छे’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शहरको दुःख भोगाइ र संघर्षको विषयलाई लिएर एक युवा खेलाडी र आमाको कथा समेटिएको यस भिडियोमा स्वयम नारान नेपाली र सरिता गिरीले अभिनिय गरेका छन् ।

पुरुषोत्तम ढुङ्गेलको रचना तथा राजनराज शिवाकोटीको सङ्गीत संयोजन रहेरको गीतमा गायक नारान नेपालीको आवाज रहेको छ ।

शनिबार(आज) नारान नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले नै साथ दिएका छन् । गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको भिडियोमा देख्न सकिन्छ ।

पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिदान्त मगरको रहेको छ । भिडियोमा आमा छोराको माया सद्भाव दर्शाइएको छ । भिडियोको निर्माता शिव बहादुर नेपाली हुन् ।

हेर्नुसु भिडियोः


क्याटेगोरी : Videos, गीत संगीत, मनाेरञ्जन


प्रतिक्रिया दिनुहोस